फाेटाे : मध्य तराइ दैनिक फेसबुकबाट

प्रभातकुमार झा
रौतहटट ।।
“मुख्यमन्त्री बेटी पढाउ, बेटी पढाउ अभियान” छोरी शिक्षा विमा शिविर सप्ताह सम्बन्धी अन्तरक्रिया कार्यक्रम विहिवार सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रम माथि प्रकाश पार्दै मुख्यमन्त्री कार्यालयका सचिव शंकर सुवेदीले २०७५ साल माघ १ देखि पछि जन्मिएका छोरीलाई विमा कार्यक्रम मार्फत छोरोलाई बचाउने अभियान पाइलट प्रोजेक्टको रुपमा सुरु गरिएको भएपनि आउदो माघ महिना देखि उक्त विमा योजना प्रदेश नम्वर २ भरीका स्थानीय तहमा लागु गरिने बताए ।
स्थानीय तहलाई पूर्ण जिम्मेवारी दिएर आ आफना पालिकाहरुमा आउदो माघ २ गते देखि शिविर सप्ताह मार्फत विमा गर्नुपर्ने हुँदा मुख्यमन्त्री कार्यालयद्धारा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए । प्रदेश सरकारबाट माघ पछि जन्मेको छोरीको नामबाट प्रभु बैंकमा खाता खोलेर १३ हजार जम्म गरिदिने र २० बर्ष पछि ति छोरीको खातामा एक लाख २५ हजार हुने उनले भने । तर उक्त अबधीभर विद्यालय छाड्न नहुने र विहेवारी गर्नु नपर्ने शर्त राखिएको छ यदी दुवै शर्तको उलंघन भएमा उक्त रकम नपाउने समेत उनले जानकारी दिए ।
प्रदेश नम्वर २ का विकास समितिका सभापति अब्दुल कलाम अजादले मुख्य मन्त्री बने देखि नै लालबाबु राउतले प्रदेशमा रचनात्मक कार्य तथा भोलीका कर्णधारलाई सुरक्षित पार्नका लागि बेटी बचाउ, बेटी पढाउ अभियान निरन्तर रुपमा लागु गरिनु भयो तर त्यसलाई अझै प्रभावकारी बनाउन छोरी विमा कार्यक्रम ल्याउने उहाँकै सोच रहेको प्रष्ट पारे । आउदो माघ महिना देखि संचालन हुने शिविरमा प्रभु बैंकका प्रतिनिधिहरु रहने भएकोमा अनिवार्य रुपमा छोरीहरुको विमा गराउन आग्रह गरे ।
सो अन्तरक्रिया कार्यममा कटहरिया नपाका मेयर सियाराम कुश्वाहा, चन्द्रपुरका मेयर रामचन्द्र चौधरी, राजपुरका शेख शकिल, देवाही गोनाहीका मेयर धर्मेन्द्र पटेल, दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष अरुण साह लगायत रौतहटका विभिन्न पालिकाको मेयरहरुले “मुख्यमन्त्री बेटी पढाउ, बेटी पढाउ अभियान” लाई पूर्ण रुपमा सफल बनाउने प्रतिबद्धता जनाउदै आ आफनो पालिकामा जन्मीएका छोरीहरुलाई विमा गराउनुका साथै विद्यालय शिक्षालाई अझ प्रभावकारी बनाउन छात्राहरुलाई साइकल वितरण गरेर प्रोत्साहन गरिरहेको स्पष्ट पारे ।
प्रमुख जिल्ला अधिकारी किरण थापाले गर्भावस्थामा नै भ्रुण हत्या गर्ने प्रथाको विस्तारै यस कार्यक्रमबाट अन्त्य हुने र विमा योजनालाई अझ बढी प्रभावकारी बनाउन स्थानीय तहका पदाधिकारीहरु इमान्दारीका साथ लागेमा प्रदेश नम्वर २ का छोरीहरु निकै अघि बढ्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रामएकवाल यादव, मुख्यमन्त्री कार्यालयका पदाधिकारीहरु, बेटी बचाउ बेटी पढाउ अभियान समितिका सदस्य शोभा साह, विभिन्न पालिकाको प्रमुख प्रशासकीय अधिकृतहरु, सुरक्षा निकायका प्रतिनिधिहरु, नागरिक समाजका अगुवा, लगायतका विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सप्ताहव्यापी शिविर संचालन गर्न प्रत्येक पालिकालाई जनही ५०÷५० हजार रकम समेत मख्य मन्त्री कार्यालयका सचिव सुवेदीले हस्तान्तरण गरे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here