रौतहट ।। रौतहट जिल्लाको चन्द्रनिगापुरमा रहेको नेपाल विधुत प्राधिकरण वितरण शाखाका प्रमुख राम अयोध्या यादवले सेवाग्राहीलाइ दुःख दिने गरेको छ ।
मीटर जडान , विजुलीको विस्तारको लागि पोल गाड़ने बहानामा सेवाग्राहीहरु अवैध रुपमा रकम असुल्ने गरेको स्थानीयहरुले आरोप लगाएका छन । निर्वाचन क्षेत्रका नेपाली कांग्रेसका निर्वा्चित प्रतिनिधि सभा सदस्य देव प्रसाद तिमिल्सिनाले वितरण शाखाका प्रमुख यादवले जनताको भावना विपरीत कार्य गर्दै आएको आरोप लगाएका छन ।
उनले कार्यालय प्रमुख यादव सामाजिक उत्तरदायित्व निर्वाह गर्न नसकेको दावी गरे । नियमित रुपमा विधुत आपूर्ति समेत गर्न नसकेको बताए । राजनितिक दलको कुरो नसुन्ने प्रवृतिका रहेका प्रमुखले सेवाग्राही सित अवैध रुपमा रकम लिने गरेकोले कार्यवाही गर्नु पर्ने मांग गरे । सांसद तिमिल्सिनाले प्रमुख यादव माथि कार्यवाही गर्न नेपाल विधुत प्राधिकरणका प्रमुख कुलमान घीसिंग समेतलाइ आग्रह गरेको जनाए ।
जनताको सेवा गर्ने जिम्मेवारी पाएका कर्मचारीले नै जनता माथि अन्याय गर्न लागेको टिपण्णी गरे । राष्ट्र सेवक कर्मचारी आफ्नो दायित्व विपरीत कार्यगण शुरू गरे पछि राष्ट्रमा भ्रस्टाचारको अवस्था चिन्ताजनक हुने बताए । कार्यालयमा इंजिनियरको रुपमा कार्यरत रहेकि संगीता यादवको सहारा सहयोगमा प्रमुख यादवले अनियमिता गर्ने गरेको स्थानियहरुको भनाइ रहेको छ ।
प्रमुख यादवले २५ लाखको हिनामिन्हा गरेको स्थानियहरुको आरोप रहेको छ । वितरण शाखाका प्रमुख यादवले आफु माथि लगाइएको आरोपमा सत्यता नरहेको दावी गरेका छन । उनले खरीद प्रक्रिया र विकासको कार्य पारदर्शी ढंगबाट सञ्चालन गर्दै आएको ठोकूवा गरेको छ । राजनितिक पूर्वाग्रहले विभिन्न किसिमको आरोप लगाउने कार्य भइरहेको जनाए ।
जनतालाई दुःख दिने गरेका भन्दै प्रमुख यादव माथि कार्यवाही मागँ :- सांसद तिमिल्सिना
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।