बाजुरा ।। बाजुराको मार्तडी बजारको माग किसानहरुले गाउँमा उत्पादन गरेको तरकारी तथा फलफूलले नै आपुर्ति गर्दछ । तर, किसानले उत्पादन अनुसारको मूल्य नपाएको गूनासो गर्ने गरेका छन् । बडीमालिका नगरपालिका ७ का मोतीकला जैशी तरकारी खेती गर्नुहुन्छ । उहाँको बारीमा अहिले प्रसस्तै साग छ । उहाँ प्रत्येक दिन डोकोमा तरकारी बोकेर मार्तडी बजार आउँनुहुन्छ । तरकारी बिक्रि त हुन्छ तर थोरै मूल्यमा । बिहान ३ बजे घरबाट सागको डोको बोकेर मार्तडी बजार आयो तरकारी बिकाउन मुस्किल हुन्छ । कहिलेकाँही त एक डोको सागको एक सय रुपैया मात्रै पाइन्छ । मार्तडी बजारमा व्यापारी, व्यवसायी, कर्मचारी लगायतको बसाई छ । उपभोक्ताहरुले किसानसंग बार्गेनिङ गरि, गरि सस्तैमा बेच्न बाध्य बनाउने किसानहरुको गूनासो छ । स्थानीय कृषि उत्पादनको दररेट कायम नगरिदा किसानहरु मारमा परेका छन् । जुगाडाका हिरा गुयाल बिहानै डोकाभरि सुन्तला बोकेर बजार आउनुहुन्छ । सस्तोमा दिन मनले मान्दैन, किन्नेहरुले महंगो तिर्दैनन् । सुन्तला किसान कमला बडुवाल बजारमा कृषिजन्य समानको दररेट नतोकिदा आफुहरु ठगिनुपरेको गुनासो गर्नुहुन्छ । आफुले उत्पादन गरेका कृषिजन्य बस्तु विक्री गर्दा उचित मूल्य नपाएको र ठगिने गरेको किसानको भनाइ छ । कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रचार अधिकृत मिन प्रसाद जोशी भने मूलयमा एक रुपता नहुनुमा कृषकको नै कमजोरी रहेको बताउनुहुन्छ । किसानले उत्पादन गरेको कृषि सामग्रीको मूल्य एक रुप नभएको र समान दररेट कायम गर्ने बारेमा स्थानीय सरकारले चासो नदिएको किसानहरुको गुनासो छ ।
किसानहरुले पाउँदैनन् उत्पादन अनुसारको मूल्य
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।