काठमाडाैं ।। हिजो दिउँसोबाट सुरु भएको पश्चिमी न्यून चापीय प्रणालीका कारण मुलुकका विभिन्न स्थानमा हिमपात र वर्षा सुरु भएको छ । मौसमविद् शान्ति कँडेलले दिपायललगायत आसपासका क्षेत्रमा अहिले पनि वर्षा भइरहेको बताउनुभयो । अहिले विशेषगरी पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ । मध्य तथा पूर्वी क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगमा पनि हिमपात हुने पूर्वानुमान गरिएको उहाँले जानकारी दिनुभयो । महाशाखाले आज बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै पश्चिमी निम्न चापीय प्रणाली भित्रिएसँगै वर्षारहिमपातको सम्भावना रहेको र यसकै कारण देशभर जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउन आग्रह गरेको छ । मौसमविद् कँडेलका अनुसार काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली हुनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here