रौतहट ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ७ मुड़वालवामा संचालित रहेको नेमधारी बासुदेव नमूना माध्यमिक विद्यालयमा अध्यनरत रहेका विद्यार्थीहरुलाई सोमबार आयोजित एक कार्यक्रममा छात्रवृति रकम वापतमा स्वीटर वितरण गरिएको छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७५र ०७६ को उपलब्ध गराएको छात्रवृति बापतको १ लाख ५३ हजार १२० रुपैया रकमको बरावरको स्वीटर वितरण गरिएको हो । शिशु कक्षा देखि ५ कक्षा सम्मका ५५१ जना बाल वालिकाहरुलाई कालो रंगको स्वीटर वितरण गरिएको विद्यालय प्रसाशनले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रामेश्वर प्रसाद यादवको सभापतित्वमा भएको छात्रवृत वितरण कार्यक्रमको प्रमुख अतिथिको आसन्नबाट सम्वोधन गर्दै पूर्व संविधान सभा सदस्य रम्भा देवी यादवले महिलाहरुले आफ्नो अधिकार प्रयोग गर्नु पर्ने समय आएको बताउनु भएको छ । शिक्षा आजको आवश्यकता भएकोले छोरीलाइ शिक्षा दीक्षा दिनु पर्नेमा जोड़ दिए ।
कार्यक्रममा समापन मंतव्य राख्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर यादवले शिक्षा विनाको जीवन नर्क समान हुने बताएका छन । माध्यमिक तहका विद्यालय नमूना विद्यालयमा परिवर्तन भइसकेको बताउँदै अव कक्षा १ देखि १० सम्म नाम लेखाउँदा विद्यार्थीलाइ जांच दिनु पर्ने व्यवस्था गर्न लागिएको जानकारी दिएका छन । कार्यक्रममा सहभागी भएका अभिभावकहरुलाई आफ्ना छोरा छोरीको नियमित हेरचाह गर्नु पर्ने आग्रह गरे ।
उहाले भने विद्यालयमा छोरा छोरी आएको छ छैन भनी नियमित चेकजाच गर्नु पर्ने अभिभावकको जिम्मेवारी भएकोले आफ्नो जिम्मेवारी निर्वाह गर्नु पर्छ । विद्यालयमा पढ़ने बालवालिकालाइ मोबाइल पÞmोन प्रयोग गर्न नदिन समेत अपील गर्दै अध्यक्ष यादवले आगामी भविष्यमा सवै किसिमको स्तरीय शिक्षा दिने व्यवस्था गर्ने प्रतिवद्धता जनाए ।
गाउमा प्राथमिक शिक्षा देखि उच्च शिक्षा ,प्राविधिक शिक्षाको व्यवस्था गरिएको विद्यालयमा विज्ञानं संकायको अध्यन अध्यापन चाडै हुने बताए । भौतिक पूर्वाधारले संपन्न रहेको उक्त विद्यालयमा वर्त्तमान अवस्थामा २ हजारको संख्यामा विधार्थी अध्यनरत रहेको छ ।
योग्य एवं दक्ष शिक्षक शिक्षिका रहेको विद्यालयमा विभेद अन्त्य गर्ने उदेश्यले सवै वर्ग समुदायका विद्यार्थीहरुलाई समान रंगको स्वीटर दिइएको प्राध्यानध्यापक रविशंकर यादवले बताए । विद्यार्थीहरु विद्यालय हाता भित्र हुदा शिक्षकको निगरानी गर्ने दायित्व रहेको तथा विधालय समय पछि हेरचाह गर्न अभिभावकको दायित्व भएकोले आफ्नो दायित्व निर्बाह गरिदिन प्राध्यानध्यापक यादवले आग्रह गरे ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य राम गणेश प्रसाद यादव , रामकिशोर प्रसाद यादव , हरेन्द्र प्रसाद यादव , संचारकर्मी राकेश कुमार यादव लगायत अभिभावकहरुको सहभागिता रहेको थियो ।
विद्यार्थीहरुलाई स्वीटर वितरण
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।