रौतहट ।। भारतिय नम्बरको सवारी साधनको भन्सार सम्बन्धि निर्णय सच्याउन मागँ गर्दै रौतहटबाट सर्वदलिय सर्वपक्षिय भेलाले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
भारतिय नम्बरका सवारी साधनहरुको सालको ३० दिन मात्रै भन्सार काट्ने निर्णयले देशको राज्स्व सन्कलनमा ह्रास आउने र पर्यटन बर्ष २०२० समेत प्रभावित हुने भन्दै सो निर्णय सच्याउन माङ्ग गरिएको हो ।
ज्ञापन पत्रमा नेपाल भमण वर्ष २०२०मा विदेशी पर्यटक भित्रयाउने मुख्य लक्ष्यका साथ यस वर्षलाई विशेष रूपले पर्यटक वर्षको रुपमा मनाउन लागिएको वतमान अवस्थामा भारतबाट धेरै पर्यटक आउने गरको सब विदितै, यस वर्ष पनि विशेष रुपले भारतबाट लाखौ लाख पर्यटक आउन कम्र रहेकोमा त्यसलाई अवरोध गर्ने हिसाबले भारतीय नम्बरको गाडीलाई वर्षमा जम्मा ३० दिन मात्र भन्सार सविधा दिने निर्णय भएको हुदाँ त्यसले पर्यटक भित्रयाउन समस्या उत्पन्न गरेको छ ।

No photo description available.


साथै दई देश विच चल्दै आएको सामाजिक आर्थिक सम्बन्धमा समेत आसर परि रहेको जानकारी गराउन चाहन्छौं । भारतीय गाडी लाई ५०० का दरले भन्सार महसुल तिर्दा देशलाई करोडी राजश्व संकलन हुने गरेको सर्व विदित छ । हाम्रो देश नेपालको बाटो घाटोको अवस्था विक्ट एवं पहाडी रहेको अवस्थामालाई मध्येनजर गरी नेपाल आगमन गरीरहेको शाही र चालक प्रति बढी विश्वास हुने भएकोले बर्ष दिनमा ३० दिन मात्र भन्सार संविधा या भारतीय पर्यटकको आवागमनमा प्रत्यक्ष प्रभाव परिरहेको देखिन्छ ।
साथै अहिलेको भुमण्डलियकरणको जमानामा एक अर्कालाई अवरोध हैन सहयोगीको वातावरण बनाई अधि बढनु पर्ने अवस्था सृजना गर्ने पर्ने वर्तमान परिपेक्षमा यसप्रकारको निर्णयलाई यथासिध हटाई परा पुर्व काल देखि चल्दै आएको नेपाल भारत सम्बन्धलाई प्रगाढ बनाउने समाननीय प्रधानमन्त्री समक्ष यो ज्ञापन पत्र बुझाएका छौ । ज्ञापन पत्र बुझाउनेमा समाजवादी नेता रेवन्त झा, रा ज पा नेताहरु अनिल कुमार सिंह, शेख जम्शेद, नेकापा नेता भिखारी यादव, नेपाली काङ्ग्रेसका श्री राम यादव, नागरिक समाजका जगन्नाथ केशरी लगायतका ब्यक्तीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here