काठमाडौं ।। लिग लिडर बार्सिलोना स्पेनिस ला लिगा फुटबलमा स्पानियोलसँग २–२ गोलको बराबरीमा रोकिएको छ।
शनिबार राति भएको खेलमा स्पानियोलले बार्सिलोनालाई २–० गोलको बराबरीमा रोकेको हो। बार्सिलोनाका लागि लुइस स्वारेज र आर्थुरो भिडालले गोल गरे।
यता, स्पानियोलका लागि डिएगो लोपेज र उ लीले गोल गरे।खेलको २३औं मिनेटमा नै लोपेजले गोल गर्दै स्पानियोललाई पहिलो हाफसम्म १–० गोलको अग्रता दिलाएका थिए। खेलको ५०औं मिनेटमा बार्सिलोनाका लागि स्वारेजले गोल गर्दै १–१ गोलको बराबरीमा ल्याए। ५९औं मिनेटमा भिडालले गोल गर्दै बार्सिलोनालाई २–१ गोलको अग्रता दिलाए।
खेलको ७५औं मिनेटमा डि जोङले दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो। खेलको ८८औं मिनेटमा चीनका उ लीले गोल गर्दै स्पानियोललाई २–२ गोलको बराबरी दिलाएका हुन्।
यो बराबरीसँगै बार्सिलोना र रियल मड्रिडको समान अंक भएको छ। लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाको १९ खेलबाट ४० अंक रहँदा दोस्रो स्थानमा रहेको रियलको पनि समान खेलबाट ४० अंक नै छ।
रियल मड्रिडले भने गेटाफेलाई ३–० गोलअन्तरले पराजित गर्न सफल भयो। रियलको जितमा राफेयल भरानेले २ र लुका मोड्रिचले एक गोल गरे।
श्राेत ः नेपाल लाइभ