रौतहट ।। रौतहट जिल्ला अदालतले सरकारी कर्मचारीलाइ काममा बाधा अवरोध पुर्याएको अभियोगमा गरुडा नगरपालिका वड़ा नम्बर ५ का वड़ा अध्यक्ष र नगर प्रमुखको छोरालाइ एक एक हजार रुपैया नगद जरिवाना गरेको छ ।
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगंजको आदेशानुसार नक्सा स्केच मुचुल्का गर्न गएका अदालतका कर्मचारी अमिनले तयार परेको नक्सा स्केच मुचुल्का समेतको कागजपत्र च्यातेको अभियोगमा दायर भएको सार्वजानिक अधिकारीको अखित्यारिको अवज्ञा मुद्दामा माननीय जिल्ला न्यायधीश केशव कुमार पाण्डेयको एकल इजलासले वड़ा अध्यक्ष जयमंगल राय यादव , मेयरको छोरा अनिल राय यादव लाइ एक एक हजार तथा अन्य प्रतिवादी रामाज्ञा राय यादव , राम आयोध्या राय यादव र भोजिन्दर साह तेलीलाइ जनही ५ सय रुपैयाको दरले नगद जरिवाना गरेको अदालतका श्रेस्तेदार उपसचिव गुणराज पराजुलीले जनाएका छन ।
वीरगंजमा कार्यवाही अवस्थामा रहेको निषेधज्ञा मुद्दामा भएको आदेश अनुसार जिल्ला अदालतबाट मङ्सिर २८ गते अमिन द्वय राजकिशोर प्रसाद यादव , मनोज कुमार सहनी नक्सा स्केच मुचुल्का गर्न गएको थियो ।
नक्सा स्केच मुचुल्का तयार भई सही छाप समेत भइसकेको बेला वड़ा अध्यक्षको इशारामा आएका व्यक्तिहरूले कागज पत्र च्याती दिएको भनी दिएको प्रतिवेदनको आधारमा उपसचिव पराजुली विपक्षी माथि कÞानूनी कार्यवाहिको मांग गर्दै उजुरी दिएका थिए ।
पौष ३ गतेमा दायर भएको उजुरी माथि सुनवाई गर्दै जिल्ला अदालतले आइतवारका दिन सो फैसला सुनाएको हो ।
वड़ा अध्यक्ष सहित ५ जनालाइ जरिवाना
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।