काठमाडाैं ।। राष्ट्रियसभा सदस्य चयनका लागि आगामी माघ ९ गते हुने निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । उम्मेदवार मनोनयनपत्र दर्ताका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार आज बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ताका लागि समय तोकिएको छ । ५९ सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । त्यसमध्ये १८ जनाको निर्वाचनको माध्यमबाट र एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुनेछन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।