रौतहट ।। रौतहट जिल्लाको ईशनाथ नगरपालिका वड़ा नम्बर ३ औरैयामा गरिएको अवैध गाजा खेती प्रहरीले नस्ट गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र मातहतको प्रहरी चौकी औरैयाबाट गएको संयुक्त टोलीले औरैया वड़ा नम्बर ३ स्थित करीव १५ धुर जग्गामा लगाइएको गाजाको वोट नस्ट गरेको हो ।
प्रहरी टोलीले ५० वटा गाजाको विरुवा फडानी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अवैध रुपमा लागू औषध गाजाको विरुवा लगाउनेको बारेमा खोज तलाश भैरहेको प्रहरीले जनाएको छ ।
नेपाल भारत सिमा क्षेत्रमा व्यापक रुपमा रक्सीको विक्री वितरण र उत्पादन हुने गरेकोले प्रहरीले त्यस तर्फ पनि ध्यानदिनु पर्ने आवश्यकता रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।