काठमाडाैं ।। पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रतिकुल बनेको मौसम आजबाट सुधार हुँदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गत बुधबार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको प्रणाली उत्तरपूर्वी भूभाग हुँदै बाहिरिने मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । मौसमको अवस्था सुधार हुँदै गए पनि चिसो भने कम नहुने उहाँले बताउनुभयो । आज देशको पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ । भोलि देशको पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोे महाशाखाले जनाएको छ । हिजोसम्म बदलीसँगै वर्षा गराएको मौसमी प्रणाली कमजोर हुँदै गएको महाशाखाको भनाइ छ । हाल देशको पहाडी भूभाग लगायत उच्च हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । मौसम खुले पनि बिहान र बेलुका चिसो रहीरहने हुनाले चिसोबाट जोगिन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here