बुटवल ।। प्रदेश नम्बर पाँचले यो महिनाभित्रै प्रदेश बाल अधिकार समिति गठन गर्ने भएको छ । प्रदेशमा बाल मैत्री वातावरण सृजन गर्न र बाल विवाह, बालबालिकालाई हुने यौन हिंसा लगायतका कुरामा कमी ल्याउन समिति गठन गर्न लागेको हो । यो समिति मार्फत बाल क्लब, आमा समुह, स्थानीय सरकारमा गठन भएका प्रत्येक समुहसँग समन्वय गरी बाल मैत्री वातावरण निर्माण गरिने प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनुभयो । बाल बालिकाको क्षेत्रमा निति निर्माण गर्न, र स्थानीय सरकारलाई बालबालिकाको क्षेत्रमा काम गर्न प्रोत्साहन गर्नको लागि पनि समिति गठन गर्न लागिएको मन्त्री बरालले सीआईनसँग बताउनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।