पाल्पा ।। पाल्पा भिजिट नेपाल २०२० लाई स्वागत गर्दै पाल्पाका विभिन्न स्थानिय तहहरुले आ–आफ्नै तरिकाले प्रवद्र्धन गर्ने भएका छन् । नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउने भनेपछि नयाँ वर्षको पहिलो दिन विभिन्न कार्यक्रम गरि भ्रमण वर्षको प्रवद्र्धनमा स्थानिय तह सक्रिय भएका छन् । पाल्पाको तिनाउमा रहेको पाल्पा प्रवेशद्वारमा आन्तरिक एवम् बाह्य पर्यटकहरुलाई स्वागत गर्दै भ्रमण वर्ष प्रचारात्मक कार्यक्रमको शुभारम्भ गरिएको छ । कार्यक्रमको शुभारम्भ गर्दै संघीय सांसद सोमप्रसाद पाण्डेयले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन र स्थानीय पर्यटन प्रवद्र्धनका लागि तिनाउ गाउँपालिका र सिद्धबाबा मन्दिर विकास समितिले प्रचारात्मक कार्यक्रम मार्फत सफल बनाउन गरेको अभ्यासलाई थप निरन्तरता दिदैं पर्यटनलाई लाई स्थानीय नागरिकहरुको आयस्रोतसँग जोड्न अनुरोध गर्नुभयो । प्राकृतिक सुन्दरताले भरिपुर्ण पाल्पा धार्मिक, सांस्कृतिक, ऐतिहासिक तवरबाट नै सुन्दर र मनमोहक छ, तथापी यस जिल्लामा रहेका पर्यटन आर्कषणका केन्द्रका रुपमा परिचित प्रेमको प्रतिक रानीमहल, ऐतिहासिक अमर नारायण मन्दिर, रणउजीरेश्वरी भगवती मन्दिर, भैरवस्थान, बोटानिकल गार्डेनको रुपमा जलेश्वर क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा रहेका छन् । यस्तै रम्भादेवी मन्दिर, दर्लममहाकाली, उत्तरबाहिनी काली, शिवासन धाम, रामनदी धाम र सुनगुफा, ऐतिहासिक मुलढोका र खड्ग स्तम्भ, पाल्पा दरबार यहाँको अर्को महत्वपुर्ण पर्यटकीय गन्तव्य हो । परम्परागत कला र कौशल प्रयोग गरी निर्माण गरिएको मूल ढोकाप्रति तानसेन घुम्न आउने पर्यटक आकर्षित हुने गरेका छन् । पाल्पाली करुवा, पाल्पाली ढाका ,पश्चिम पाल्पाको बल्ढेङगढी ,पाल्पाकै अग्लो लेक कौडे लेक, सत्यवती ताल, जन्तीलुङ डाँडा पाल्पाका पर्यटकिय गहना हुन् ।
Home मुख्य समाचार भिजिट नेपाल २०२० लाई स्वागत गर्दै पाल्पाका विभिन्न स्थानिय तहहरुले आ–आफ्नै तरिकाले...
भिजिट नेपाल २०२० लाई स्वागत गर्दै पाल्पाका विभिन्न स्थानिय तहहरुले आ–आफ्नै तरिकाले प्रवद्र्धन गर्ने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।