काठमाडौं ।। नेपाली काँग्रेसका नेता तथा ओखलढुङ्गाका पूर्व पार्टी सभापती समेत रहेका प्रमेराज राईकोे उमेर निधन भएको हो । केही समयदेखि कलेजोसम्बन्धी रोगबाट पिडित राईको ७२ वर्षको उमेरमा लैनचौरस्थित मनमोहन सामुदायिक अस्पतालमा निधन भएको हो । उनको मुन्दन विधिअनुसार बुधवार संस्कार गरिने परिवारिक स्रोतले जनाएको छ । दाहसंस्कारको लागी उनको पार्थिव शरीरलाई ओखलढुङ्गाको मोली अर्थात उनकै घरमा लगिएको छ ।
स्वर्गिय राई २०२९ सालमा तरुण दल काण्ड, २०३१ सालमा टिम्बरबोटे काण्ड, २०३६ र २०४२ साल पटक–पटक गरी साढे पाँच वर्षजति जेल परेका थिए।
पूर्वमन्त्री बलबहादुर राईका जेठा छोरा प्रेमराज कांग्रेस महासमिति सदस्य थिए।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here