काठमाडौं ।। दुरसञ्चार सेवाप्रदायक कम्पन िएनसेलले सरकारलाई ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर बुझाएको छ । ठूला करदाता कार्यालय दूरसञ्चार सेवाप्रदायक कम्पनीले सर्वोच्च अदालतको आदेशअनुसार एनसेलको सेयर स्वामित्व खरिद बिक्री गरेवापतको लाभकर २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ निर्धारण गरी १५ दिनभित्र कर बुझाउन २२ मंसिरमा पत्राचार गरेको थियो । नयाँ प्रस्तावमा एनसेलले एनसेलले आगामी ६ महिनाभित्र सबै कर तिर्ने गरी किस्ताबन्दी सुविधा माग गरेको हो । अहिले ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको स्रोतले बताएको छ । किस्ताबन्दीमा कर तिर्ने एनसेलको प्रस्तावबारे ठूला करदाताको कार्यालयले भने निर्णय गर्न बाँकी छ ।





