एजेन्सी ।। बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनले भारतीय सिनेमाको सर्वाधिक ठूलो सम्मान ‘दादा साहेब फालके पुरस्कार’बाट सम्मानित गरिएको छ । दादासाहेब फाल्केलाई भारतीय चलचित्रको सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ। आइतबार राष्ट्रपति भवनमा भएको कार्यक्रममा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले बच्चनलाई पुरस्कारबाट सम्मानित गरेको हुन् । सम्मानित भएलगत्तैको आफ्नो सम्बोधनमा अमिताभले भने, ‘भगवानको आशिर्वाद प्राप्त भएको छ, मेरा माता पिताको आशिर्वाद प्राप्त भएको छ, फिल्म उद्योगका निर्माता निर्देशक र कलाकारहरूको पनि राम्रो साथ पाएको छु । तर सबैभन्दा बढी यो भारतको जनताको स्नेह र वफादार प्रोत्साहन हो। किनभने म तपाईंको अगाडि खडा छु।’ सम्मान कार्यक्रममा ७७ वर्षीय अभिनेता बच्चनसँगै उनकी श्रीमती जया बच्चन र छोरा अभिषेक बच्चन पनि सहभागी भएका थिए । अमिताभ बच्चनले समारोहमा आफू भविष्यमा अझै धेरै काम गर्न उत्सुक रहेको बताए । अमिताभ बच्चनले सन् १९६९ मा चलचित्र ‘सात हिन्दुस्तानी’ मार्फत आफ्नो करियरको सुरुवात गरेका थिए । उनको ५० वर्षे लामो करियरमा हिन्दी चलचित्रदेखि विज्ञापन र टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोड पति’ मा पनि देखिएका छन् । बच्चनको यति लामो करियरमा झण्डै ३ सय ३४ पुरस्कार तथा नोमिनेसनहरु उनको नाममा छ । उनले चार वटा राष्ट्रिय पुरस्कार तथा १२ वटा फिल्मफेयर पुरस्कार पनि जितेका छन् ।
अमिताभ बच्चन बाहेक भारतीय सिनेमा जगतमा कुनै पनि अभिनेतालाई सर्वश्रेष्ठ अभिनयका लागि चार वटा राष्ट्रिय पुरस्कार दिइएको छैन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here