एजेन्सी ।। अभिनेत्री रविना टंडन , निर्देशक फराह खान र भारती सिंहमाथि एक समुदायको धार्मिक भावना आहत गरेको आरोपमा पंजाब पुलिसले उजरी दर्ता गरिएको छ । यो सँगै भारतका चर्चित कमेडियन कपिल शर्माको शो ‘द कपिल शर्मा शो’ बाट बाहिर निकालनुपर्ने माग यति बेला समाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
तीनैजनाविरुद्ध उक्त ऊजुरी अजनाला ब्लकको क्रिस्चियन फ्रन्टका अध्यक्ष सोनू जफरले दर्ता गरेका हुन् । उनले भारतीमाथि क्रिस्चियनहरुको धार्मिक भावना आहत गरेको आरोप लगाएका छन् । यसको साथमा उनले फराह खानको शो ब्याक बेन्चरको त्यो भागको फुटेज पनि बुझाएका छन् । उजुरीमा फराह, रविना र भारतीले मिलेर आफ्नो शोमा ‘हल्लेलुजाह’ शब्दको मजाक उडाएको आरोप लगाइएको छ । अब चेन्ज डट ओआरजीमा एउटा पेटिशन भाइरल भइरहेको छ जसमा भारतीलाई द कपिल शर्मा शोबाट निकाल्न माग गरिएको छ । एन्ड्रु डेभिड नामका व्यक्तिले यो पेटिशन सुरु गरेका हुन् । यसमा अहिलेसम्म ७ हजारभन्दा धेरैले हस्ताक्षर गरिसकेका छन् । यो पेटिशनमा कूल ७५०० हस्ताक्षरको माग गरिएको छ । रविना टंडन र फराह खानले यस विषयमा माफी मागिसकेका छन् ।
भारती सिंहलाई कपिल शर्माको शोबाट हटाउने माग
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।