डडेल्धुरा ।। डडेल्धुराको नवदुर्गामा घर भत्किँदा एक बालकको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–१ ओलीगाउँका यज्ञबहादुर ओलीको घर भत्किँदा उहाँका दुई वर्षका छोरा किरण ओलीको मृत्यु भएको हो । हिजो दिउँसो १ बजेतिर अचानक दुई कोठे कच्ची घर भत्किँदा थिचिएर किरणको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । घर भत्किँदा केशवका ३५ वर्षका श्रीमती तारादेवी ओली गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख वीरेन्द्रबहादुर बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर घाइते तारादेवीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here