काठमाडाैं ।। बक्यौता रकम माग गर्दै उखु किसानले काठमाडौं केन्द्रित आन्दोलन थालेका छन् । १ सय ५० भन्दा बढी ऊखु किसान चिनी मिलका मालिम खोज्न र बाँकी बक्यौता माग गर्दै राजधानी आइपुगेका छन् । उनीहरुले राजधानीको माइतीघर मण्डलामा धर्ना दिएका छन् । उखु किसानका अगुवा हरेश्याम रायले बक्यौता रकम नपाउँदासम्म काठमाडौंबाट नफर्किने बताउनुभयो । सरकारले ५ सय ३६ रुपैयाँ प्रतिक्वीन्टल उँखुको मूल्य तोकिदिए पनि चिनी मिलहरुले विभिन्न शीर्षकमा काटेर ४ सय ३५ रुपैयाँ प्रतिकिलोको मात्रै चिट दिने गरेका छन् । उखु किसानहरुले २०७० देखिकै रकम चिनी मिलहरुले नदिएको बताउँछन् । उखु किसानका अगुवा रायका अनुसार हालसम्म ५० करोड बक्यौता रकम बाँकी छ । महालक्ष्मी सुगर मिल्समा मात्रै साढे २१ करोड बक्यौता रहेको उहाँको भनाइ छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।