काठमाडाैं ।। केही दिनदेखि उपत्यकासहित देशभरीको तापक्रम निरन्तर घट्दै गएको छ । उपत्यकाको न्यूनतम् तापक्रम आज सामान्य बढेको छ । आज बिहानको तापक्रम १ डिग्री सेल्सियस रहेको छ । हिजो उपत्यकाको तापक्रम ० दशमलव ६ डिग्री सेल्सियस थियो । तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभई मौसमी कारण भएको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । तापक्रम घटेसँगै उपत्यकामा बिहान र बेलुका बढी चिसो महसुस भएको छ । मनाङमा सबैभन्दा बढी माइनस १९ डिग्री सेल्सियस रहेको । शीतलहरका कारण तराई मधेसको जनजीवन प्रभावित भएको छ । बारामा एक जनाको मृत्यु भइसकेको छ । भने अिहले राैत्हटकाे तापक्रम १५ डिग्री सेल्सियस रहेकाे छ । तराईमधेसमा शीतलहरका कारण हरेक वर्ष नागरिकलाई दैनिकी चलाउन समस्या हुन्छ । स्थानीय सरकारले शीतलहरबाट जोगिनका लागि नागरिक लक्षित कार्यक्रम सुरु गरेका छन् । बाक्लो हुस्सु र शीतलहरले घाम देखिएको छैन । चिसोले विशेष गरी बालबालिका, वृद्धवृद्धा, असहाय तथा बिपन्न परिवारका व्यक्तिहरु बढी प्रभावित भएका छन् । चिसोका कारण स्वास्थ्यचौकीमा बिरामीको सङ्ख्या बढेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।