ओखलढुंगा ।। ओखलढुंगामा ९० प्रतिशत भन्दा बढी भुकम्प पछिको पुनर्निर्माणको काम सकिएका वडालाई पुननिर्माण सम्पन्न वडा घोषणा गरिएको छ । पुनर्निर्माणको मापदण्ड अनुसार ९० प्रतिशत भन्दा बढी पुननिर्माणको काम भएका ३५ वडालाई हिजो पुनर्निर्माण वडा घोषणा गरिएको हो । जिल्लाको एक नगरपालिका सहित सात गाउँपालिकामा रहेका ७५ वडा मध्ये ३५ वडामा ९० प्रतिशत भन्दा बढी पुननिर्माणको काम सकिएपछि ति वडाहरुलाई संघिय सांसद यज्ञराज सुनुवारले पुननिर्माण वडा घोषणा गर्नुभएको हो । घोषणा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सांसद सुनुवारले बाँकी रहेको काम समेत तत्काल सकाउन निर्देशन दिनुभयो । भुकम्पको सवालले विकासका अन्य कामहरु प्रभावित भएकाले बाँकी रहेका कामहरु सकाएर जिल्लालाई नै पुनर्निर्माण सम्पन्न जिल्ला बनाउन सबै जुट्नुपर्ने उहाँको भनाइ छ । कार्यक्रममा पुनर्निर्माणमा खटिएका प्राविधिक, कर्मचारी र छिटो काम सक्न पहल गर्ने वडा अध्यक्षहरुलाई सम्मान समेत गरिएको थियो । राष्ट्रिय पुननिर्माण प्राधिकरण स्थापनाको चौंथो वर्ष पुरा भएको अवसरमा ती वडाहरुलाई पुनर्निर्माण सम्पन्न वडा घोषणा गरि प्रमाण पत्र वितरण गरिएको छ । सिद्धिचरण नगरपालिकाको एक, मानेभञ्ज्याङ्ग गाउँपालिकाको एक, चिशंखुगढी गाउँपालिकामा दुई, सुनकोशी गाउँपालिकामा ६ र लिखु गाउँपालिका, खिजिदेम्बा गाउँपालिका र चम्पादेवी गाउँपालिकाको सात वटा वडालाई पुनर्निर्माण सम्पन्न वडा घोषणा गरिएको जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार प्रमुख युवराज खरेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा करिब ८७ प्रतिशत निजी आवास निर्माणको काम सकिएको छ । पहिलो किस्ता लिएका २० हजार ६ सय ३५ लाभग्राही मध्ये करिब ८७ प्रतिशत लाभग्राहिले निजि आवास पुन निर्माण सकेका हुन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here