काठमाडाैं ।। रसियाले सिरियामा गरेको हमलाको विरोधमा टर्कीको राजधानी इस्तानबुलमा हजारौंं सर्वसाधारणले प्रदर्शन गरेका छन् । सिरियाको इडलिब प्रान्तमा भएको हमलाको विरोधमा हजारौं प्रदर्शनकारीहरुले टर्कीको स्तानबुलमा रहेको रुसी महावाणिज्य दुतावास अघि प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीहरु प्राय टर्कीमा बसोबास गर्ने सिरियालीहरु रहेको बताइएको छ । सिरियाको उत्तरी इडलिब क्षेत्रमा आम नागरिकको हत्यामा रसिया संलग्न रहेको उनीहरुको आरोप छ । प्रदर्शनकारीहरुले आक्रमणबाट घाइते भएका महिला तथा बालबालिकाको तस्विरसहित नाराबाजी गरेको बीबीसीले जनाएको छ । पछिल्ला दिनहरुमा सिरियामा भएको हमलामा ३० हजार भन्दा बढी बालबालिकाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार हालैका दिनमा भएको आक्रमणमा दुई लाख भन्दा बढी बिस्थापित भइसकेका छन् । यो हिंसा नरोकिए अझै ४ लाख भन्दा बढी मानिस बिस्थापित हुने अनुमान गरिएको छ ।
सिरियामा भएको हवाइ हमलामा ३० हजार बालबालिकाको मृत्यु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।