चितवन ।। चितवन राष्ट्रिय निकुञ्जको ऐन समायअनुकुल परिवर्तन गर्दै जानुपर्ने प्रदेश ३ का सांसद रामलाल महतोले बताउनु भएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालले आयोजना गरेको राष्ट्रिय निकुञ्जको संरक्षण र भौतिक पूर्वाधार विकास सम्बन्धी अदालतको फैसला विषयमा भएको अन्तरक्रिया कार्यक्रममा महतोले वन्यजन्तु संरक्षणको पाटोलाई नजोडिएको बताउनुभयो । साथै महतोले रिऊ करिडोर र मेसजाली लगाइएमा वन्यजन्तुको आक्रमणबाट केही भए पनि राहत मिल्ने बताउनुभयो । पछिल्लो समय घाँसे मैदान हराउँदै गएको र वन्यजन्तु मानव वस्तीमा प्रवेश गरेको र आक्रमण समेत बढेको उल्लेख गर्नुभयो । वन मन्त्रालय, विभाग र निकुञ्जले गर्दा माडीको विकास हुन नसकेको माडी नगर प्रमुख ठाकुरप्रसाद ढकालले बताउनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।