वीरगञ्ज ।। विरगञ्जको प्रवेशद्वारलाई सफा र आकर्षक बनाउने उद्देश्यले केही हप्तादेखि सरसफाई अभियान चलिरहेको छ । भोलेन्टियर नामक यूवाहरुको समूहले विरगञ्जको शंकराचार्य गेटमा सरसफाई गर्दै आएको छ । अभियानमा अहिले विरगञ्ज महानगरपालिका, विभिन्न संघसंस्था र व्यक्तिले पनि सहयोग गर्न थालेका छन् । फोहोरको गर्दा विरगञ्ज भन्सारको शंकाराचार्य गेट क्षेत्र कुरुप बनेको थियो । वीरगन्ज प्रवेश गर्ने मितेरीपुल र शंकाराचार्य गेट वरिपरी सरसफाइ गरि सफा र आकर्षक बनाउन भोलेन्टियर नामक युवाहरुको समूहले सुरु गरेको अभियानमा अहिले स्थानीय र स्थानीय सरकार पनि जोडिएको छ । अभियानमा अहिले विरगञ्ज महानगरपालिका, विभिन्न संघसंस्था र व्यक्तिहरु जेडिएका छन् । विरगञ्जको प्रवेशद्वार नै फोहर र दुर्गन्धित भएपछि पर्यटकहरुमा नराम्रो प्रभाव पर्ने भएकोले यसलाई सुधार गर्न अभियान थालेको अभियन्ता श्याम सर्राफले बताउनुभयो । विरगञ्जलाई सफा र स्वच्छ बनाउन सुरु गरिएको यो अभियानलाई महानगरपालिकाले पनि साथ दिएको महानगरपालिकाका स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख अरुण महतोको भनाइ छ । हप्ताको एक दिन शनिबार बिहान अभियान्ताहरु भेला भएर सरसफाइ गर्ने गरेका छन् । फोहोरमैला जथाभावी फाल्नेलाई कारबाही गर्ने गरि प्रभावकारी कानुन बनाउन उनीहरुले स्थानीय सरकारलाई आग्रह पनि गरेका छन् ।
विरगञ्जमा सरसफाई अभियानमा युवाहरु सक्रिय
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।