काठमाडौं ।। संघीय संसद प्रतिनिधिसभाको आज बस्ने बैठक पुस ११ गते सरेको छ ।आज १ बजे बोलाईएको बैठक सभामुख चयन गर्ने विषयमा नेकपामा कुरा नमिलदा बैठक स्थगित भएको हो । संसद सचिवालयले टाँस गरेको सुचनामा पुस ११ थते बस्ने भनिएको छ । संघीय संसद्को महासचिव मनोहरप्रसाद भट्टराईले जारी गरेको सूचनामा भनिएको छ–आज मिति २०७६ साल पुस ११ गते शुक्रबार दिनको १ बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक विशेष कारणवस बस्न नसक्ने भएकाले नेपालको संविधानको धारा ९१ को उपधारा ९४० बमोजिम प्रतिनिधि सभाको अध्यक्षता गर्नुहुने माननीय उपसभामुखज्यूले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम अर्को बैठक मिति २०७६ साल पुस १६ गते बुधबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा मा। सदस्यहरुको जानकारी लागि यो सूचना प्रकाशित गरिएको छ ।”

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here