जनकपुर ।। प्रदेश २ सरकारले अब घर–घरमै पुगेर छोरीहरुको बीमा गरिदिने भएको छ । बिभिन्न कारणले अपेक्षाकृत रुपमा छोरीहरुको बीमा हुन नसकेपछि प्रदेश सरकारले यसका निम्ति शिविर सञ्चालन गरी घर–घरमै पुगेर बीमा गर्न लागेको हो । ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान अन्तर्गत सुरु गरेको छोरी शिक्षा बिमा कार्यक्रम कर्मचारी अभावका कारण फलदायी बन्न नसकेपछि आगामी माघ महिनादेखि शिविर नै सञ्चालन गर्ने निर्णय गरिएको मुख्यमन्त्री लालबाबु राउतले बताउनुभयो । प्रत्येक स्थानीय तहमा शिविर सञ्चालन गरी उनीहरुको घरदैलोमै पुगेर बिमा लगायतको अन्य सुविधा दिने तयाी भइरहेको छ । त्यसका लागि छोरी बिमा सप्ताह सञ्चालन गरिने मुख्यमन्त्री राउतले बताउनुभयो । शिविरमा शिक्षा विमाका साथै छोरीहरुको स्वास्थ्य जाँच, निःशुल्क औषधि वितरण, न्यानो कपडा, पोषिलो खानेकुरा समेत वितरण गरिने मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्रदेश २ सरकारले २०७५ माघ १ गते यता प्रदेशमा जन्मेका छोरीहरुको शिक्षाको लागि बिमा गर्ने घोषणा गरेको थियो ।
प्रदेश २ सरकारले अब घर–घरमै पुगेर छोरीहरुको बीमा गर्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।