काठमाडाैं ।। ल्होसार मध्येको सबैभन्दा पुरानो ल्होसार तोल ल्होसार आज मनाईदैछ । विशेषगरी यो हिमाली क्षेत्रका समुदायले मनाउने पर्व हो । नेपालका हिमाली जिल्लाहरु हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ्ग र तिब्बत तथा भुटानका मानिसहरुले पौष शुक्ल प्रतिपदाको दिनमा धुमधामका साथ तोेल ल्होसार मनाउने गरेका छन् । ल्होसार दुईवटा शब्द ‘लो’ं ‘सार’ मिलेर बनेको छ । खासगरी यो पर्व नयाँ बर्षको स्वागतका लागि मनाउने गरिन्छ । तोलको अर्थ समयचक्र हो । यो चाडमा घर आँगन लिपपोत गर्ने र नुहाएर पूजा गर्ने गरिन्छ । गहुँको पिठो आकाशतर्फ उडाएर देवताको विजय र भुत प्रेतको हार होस् भनि कामना गर्ने प्रचलन छ । तोल ल्होसारको अबसरमा मान्यजनबाट आर्शिवाद लिदै बाबरी रोटी, फुरौला, कन्दमुल आदि खाने गरिन्छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।