काठमाडौं ।। वैदेशिक रोजगार म्यादी बीमा सबै बीमा कम्पनीबाट गर्न सकिने भएको छ । तीन दिनअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बीमा समितिसँग छलफल गरेपछि वैदेशिक रोजगार म्यादी बीमा सबै बीमा कम्पनीबाट गर्न सकिन भएको होे । त्यस्तै प्रिमियम अनलाइनबाटै भुक्तानी गर्ने सहमति बनेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापांगाईले बताउनुभयो । नेपालमा बीमा कम्पनीको सङ्ख्या ४० भए पनि चार वटालाई मात्र वैदेशिक रोजगारीमा जानेहरूको बीमा सम्बन्धी काम गर्ने अधिकार दिइएको छ । बैदेशिक रोजगारीमा जानका लागि उमेर अनुसार कम्तिमा तीन हजार नौ सयदेखि बढीमा नौ हजार नौ सय रुपैयाँमा तीन वर्षका लागि एक पटक बीमा गर्ने गरिएको छ । म्यादी बीमाको प्रिमियम अनलाइनबाटै भुक्तानी नगर्दा अनलाईन सिस्टममा समस्या भएको, कुटनीतिक पहलबाट पुनः श्रम स्वीकृति दिने कुरामा पनि समस्या भएको वैदेशिक रोजगार विभागका महानिर्देशक डाक्टर भिष्मकुमार भुसालले जानकारी दिनुभयो । गत असोजबाट बैदेशिक रोजगार वोर्डले स्थानीय तहबाटै बैदेशिक रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिका परिवारले क्षतिपूर्ति रकम उपलब्ध गराउने व्यवस्था गरे पनि बीमाको क्षतिपूर्ति रकम लिन भने काठमाडौं आउनुपर्ने बाध्यता छ । जसले गर्दा थाहापाएर पनि कतिपय व्यक्तिहरु क्षतिपूर्ति रकम लिन काठमाडौं नपुगेको बोर्डका निर्देशक एवम् सूचना अधिकारी दिनबन्धु सुवेदीले बताउनुभयो । सेवाग्राहीलाई काठमाडौँ आउनुपर्ने बाध्यता हटाउन जिल्लास्तरबाट नै अनलाइन भुक्तानी गर्ने पनि बीमा कम्पनीसँग सहमति गरेको छ । तर कार्यान्वयन नहुँदा भने समस्या देखिएको छ । वैदेशिक रोजगारीमा जाँदा कामदारले अनिवार्य रूपमा १० लाख रुपैयाँको बीमा गर्नुपर्ने प्रावधान छ । कामदारको मृत्यु भएमा आश्रित परिवारले १० लाख रुपैयाँसम्म पाउने व्यवस्था छ ।
वैदेशिक रोजगार म्यादी बीमा सबै बीमा कम्पनीबाट गर्न सकिने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।