काठमाडाैं ।। नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पार्टीको महाधिवेशनका विषयमा छलफल हुने मुख्यसचिव कुष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । यसअघि मंसिर ३०, पुस २ र ४ गते बस्ने भनिएको बैठक बस्दै नबसी स्थगित भएको थियो । काँग्रेस केन्द्रीय समिति बैठक मंसिर २६ बाट सुरु भएको थियो । नेपाली काँग्रेसभित्रको आन्तरिक विवाद समाधानका लागि दुई सातादेखि जारी प्रयास अझै सफल हुन सकेको छैन । आन्तरिक विवाद समाधान गर्ने प्रयास विफल भएपछि संस्थापन पक्ष आफ्नै हिसाबले अघि बढ्ने रणनीतिमा पुगेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here