काठमडाैं ।। वैदेशिक रोजगारीमा जाने कामदारले पूर्व श्रमस्वीकृति अनलाइनबाट लिन पाउने व्यवस्था कार्यान्वयनमा आएको छ । पूर्व श्रमस्वीकृतिको फाइल लिएर म्यानपावर व्यवसायी अब वैदेशिक रोजगार विभाग अन्र्तगतको श्रम कार्यालय धाउनु नपर्ने भएको हो । विभागले हिजोदखि मलेसिया, युएई र कुवेतबाट पूर्वश्रम स्वीकृतिको परीक्षण शुरु गरेको महानिर्देशक डा भीष्म भुसालले जानकारी दिनुभयो । म्यानपावर कम्पनीले रोजगारदाता देशबाट श्रमिकको माग निकालेपछि उनीहरूले सवै विवरण भिसा प्रमाणिकरणका लागि नेपाली नियोगमा पठाउँछन् । त्यसपछि पूर्व श्रमस्वीकृतिका लागि अनलाइन हुन्छ । यसरी अनलाइन भएको सवै विवरण सम्बन्धित म्यानपावर र विभागको अनलाइन प्रणालीमा आउँछ । त्यसपछि मात्र म्यानपावर कम्पनीले रोजगारीमा जाने कामदारसँग अन्तवार्ता लिन पाउँछन् । अब भने अन्तर्वार्ता लिएको विवरण अनलाइन प्रणालीमा समावेश हुनेछ ।
अनलाइनबाट पूर्व श्रमस्वीकृति लिन पाउने व्यवस्था कार्यान्वयनमा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।