काठमाडाैं ।। सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट हालसम्म २५ लाख नागरिक लाभान्वित भएको पाइएको छ । हालसम्म ४९ जिल्लामा कार्यक्रम लागू भइसकेको छ भने थप ११ जिल्लामा पनि स्वास्थ्य बीमा लागू गर्ने तयारी भएको छ । २४ लाख ५० हजार जनसङ्ख्या स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएको स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले जानकारी दिनुभयो । ४ सय ८० स्थानीय तहमा कार्यक्रम पुगिसकेको छ । कुल सात लाख ११ हजार परिवार स्वास्थ्य बीमामा आबद्ध भएका छन् । निर्देशक पोखरेलले स्वास्थ्य बीमाले राज्यका हरेक नागरिकलाई स्वास्थ्य सेवाको पहुँचभित्र राख्न राज्यले सेवा उपलब्ध गराएको जानकारी दिनुभयो । पाँच जनासम्मको परिवारले वार्षिक तीन हजार पाँच सय प्रिमियम तिरेर एक लाख रुपैयाँसम्मको स्वास्थ्य सुविधा पाउने गरेका छन् । पाँच जनाभन्दा बढी परिवार छ भने प्रतिपरिवार सात सय रुपैयाँ बढ्दै जान्छ र सात सयको प्रतिव्यक्ति एक लाखबाट २० हजार बढ्दै जान्छ । यो सङ्ख्या दस जनासम्मलाई लागू हुन्छ । दस जना परिवार छ भने दुई लाख रुपैयाँसम्मको उपचार सुविधा मिल्ने व्यवस्था छ । ७७ मध्ये २६ वटा जिल्लामा मात्र अतिविपन्न पहिचान भएकाले ती जिल्लामा त्यस्ता गरिबले वार्षिक शुल्कसमेत तिर्नुनपर्ने व्यवस्था सरकारले गरेको छ ।
स्वास्थ्य बीमाबाट पच्चीस लाख नागरिक लाभान्वित
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।