काठमाडाैं ।। शङ्कास्पद गतिविधि सञ्चालन गरेको आशङ्कामा पक्राउ परेका चिनियाँ नागरिकको बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले भिजिट भिषामा नेपाल प्रवेश पाएका चिनियाँ नागरिकका गतिविधिको बारेमा अनुसन्धान सुरु भएको बताउनुभयो । काठमाडौँका बिभिन्न सात ठाउँमा छापा मारेर प्रहरीले हिजो १ सय २२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । सिङ्गो घर भाडामा लिएर चिनियाँ नागरिक बसोवास गर्न थालेको सूचना प्रहरीलाई हप्ता दिनअघि नै प्राप्त भएको थियो । समूह बनाएर बस्ने र साँझ विहान फौजीको जस्तो परेड खेल्ने गरेको जानकारी स्थानीयवासीले दिएका थिए । सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले संयुक्त छापा मारेको हो । पक्राउ परेका चिनियाँ नागरिकले सूचना प्रविधिको क्षेत्रमा मजदुरको रूपमा काम गर्ने गरेको प्रारम्भीक वयान दिएका छन् । उनीहरूलाई पक्राउ गर्न चीनबाट नै सुरक्षा अधिकारी नेपाल आएको बुझिएको छ ।
काठमाडौंबाट १२२ जना चिनियाँ नागरिक पक्राउ,अनुसन्धान सुरु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।