काठमाडौं ।। भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा सोमवार बिहान भएको आगलगीको घटनामा परि नौ जनाको मृत्यु भएको छ । नयाँ दिल्लकिो उत्तरपश्चिमी क्षेत्रमा पर्ने किरारमिा रहेका चाल तले आवासीय भवनमा आगलगी भएको सारकारी अधिकारीहरुले बताएका छन् । दिल्ली अग्नी नियन्त्रण विभागका अधिकृत अजयकुमारले सो आगलागीमा मारिएमा तीन जना चिन्नै नसकिने गरी पूर्ण रुपमा जलेका सिन्ह्वा समाचार समितिलाई बताउनु भएको छ । आगो पूर्णरुपमा नियन्त्रणमा लिइसकेको र खोजी तथा उद्धार कार्य जारी नै रहेको उहाँले बताउनु भयो ।
घटनास्थलबाट घाइते अवस्थामा तीन जनालाई उद्धार गरिसकिएको छ । ती मध्ये एक जनाको शरीरमा १५ प्रतिशत जति जलेर घाइते भएका छन् । अन्य दुई जना भने सामान्य जलेको र उनीहरु सवैको उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् ।
रातको समयमा विद्युतको लाइनमा समस्या आएपछि सो आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको कुमारले जानकारी दिनुभयो । तर यथार्थ पत्ता लगाउन अनुसन्धान प्रक्रिया अगाडी बढाईसकिएको उहाँले बताउनुभयो ।
भारतको केन्द्रीय राजधानी सहर नयाँदिल्लीमा यसै महिना भएको यो दोस्रो आगलागीको घटना हो । यसअघि डिसेम्बर ८ तारिखका दिन पनि नयाँ दिल्लीमा ठूलो आगलागीको घटना भएको थियो । सो घटनामा परी कम्तीमा ४३ जनाको मृत्यु भएको थियो ।
मृत्यु भएका मध्ये अधिकांश मजदुर रहेका थिए । नयाँ दिल्लीको फिल्मिस्तान क्षेत्रमा रहेको घरमा आगलागी भएको थियो । घटनामा पिडितहरुलाई केन्द्रिय तथा राज्य सरकारले राहतको घोषणा गरेका थिए भने, अनुसन्धानका लागि टोली पनि परिचालन गरेका थिए ।
श्राेत ः राजधानी दैनिक