काठमाडौं ।। आज डिसेम्बर महिनाको २२ तारिख वर्षको छोटो दिनको रुपमा चिनिन्छ । आज सर्बैभन्दा छोटो समय घाम लाग्ने र रात भने लामो हुने गर्छ । अब भोली देखि दिन लामो हुन्छ र रात छोटो हुँदै जान्छ । मौसम पुर्वानुमान महाशाखाका अनुसार आज बिहान ६ बजेर ५१ मिनेटमा सूर्योदय भएको थियो भने साँझ ५ बजेर १४ मिनेटमा अस्ताउने छ । ज्योतिषशास्त्रका अनुसार सबै ग्रहले आ–आफ्नै समय अनुसारले सौर्य मण्डलको परिक्रमा गरिरहेका हुन्छन् । यसैलाई आधार मानेर चलनचल्तीका दिन र गतेहरु गनिन्छ ।
यस्तै , पृथ्वीको दक्षिणी खण्डमा आज वर्षको सबैभन्दा लामो दिन र रातो छोटो हुने गर्छ ।
डिसेम्बर २०, २१ वा २३ मा दिन छोटो र रात लामो हुने गर्छ भने जुन २१, २२ र २३ मा दिन लामो र रात छोटो हुने गर्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here