रौतहट ।। रौतहट जिल्लाको ईशनाथ नगरपालिका वड़ा नम्बर ३ का निर्वाचित वड़ा सदस्य श्री भगवान साहले वड़ा अध्यक्ष कैलाश महतोले मनोमानी ढंगबाट बजेट सञ्चालन गरिरहेको बताउनु भएको छ ।
शनिवार संचारकर्मी सित कुरा गर्दै वड़ा सदस्य साहले वड़ा अध्यक्ष महतो कसैलाइ केहि जानकारी नै नदिई विकास निर्माणका योजनाहरुको कार्यान्वयन गर्न लागेको आरोप लगाए । ४ जना वड़ा सदस्य र एक जना वड़ा अध्यक्ष सहित ५ जनाको वड़ा स्तरीय बोर्ड रहे पनि अध्यक्ष एकलौटी रुपमा योजना छनौट गर्ने र कार्यान्वयन गर्ने गरेको साह को भनाइ रहेको छ ।
गएको आर्थिक वर्षमा वड़ा अध्यक्ष महतोको लापरवाहीले २५ लाख रकम फ्रिज भएको बताउँदै वड़ा सदस्य साहले यस वर्ष पनि मेयर संतोष मेहता र निमित प्रमुख प्रसाशकीय अधिकृत नन्दकिशोर गुप्ताको इशारामा वड़ा स्तरीय भेला समेत नागरेका महतोले योजना पेश गरिसकेको जनाए ।
वड़ा भेला नै नगरी आफ्नो मनले योजना छनौट गरेको भनी नगरपालिका कार्यालयमा योजना बदर गरी पुनः बस्ती स्तरबाट योजना तर्जुमा गराउनु पर्ने भन्दै उजुरी दिएको महिनौ वितिसक्दा पनि मेयर र प्रसाशकीय अधिकृतले कुनै चासो नदेखा‘एको साहले आरोप लगाए ।
९ महीनामा एक छोटी पनि बैठक नगरेको वड़ा अध्यक्ष महतोले ८० लाखको योजना गोप्य रुपमा पेश गरेको उल्लेख गरे । वड़ा सदस्य साह ले भने बैठक गर्न भन्दा कार्यालयबाट बाहिरिने गरेको छ । कुनै वड़ा सदस्यलाइ योजनाको बारेमा जानकारी गराइएको छैन । ४ जना सदस्यलाइ बाईपास गरेर मनोमानी ढंगबाट कार्य गर्ने वड़ा अध्यक्ष महतो माथि छानविन गरिनु पर्ने मांग समेत गरे ।
सलाह सुझाव केहि नगरेको बताउँदै साहले केहि योजनाहरु सञ्चालन समेत गराएको दावी गरे । हैण्डपाइपको ३ सय फिटको स्टीमेट गराएर २ सय देखि २५० फिट सम्म मात्र जडान गरेको विषयमा सोधिएको प्रश्नको जवावमा सदस्य साहले कुनै कुनै ठाउमा यस्तो गरिएको बताए ।
गाउकै निमित प्रमुख प्रसाशकीय अधिकृत गुप्ताको रबैया उस्तै रहेको छ मेयरले जे भने त्यही गर्दै आएको भन्दै आलोचना समेत गरे । मेयर र प्रसाशकीय अधिकृतको कामबाट स्थानियहरु संतुस्ट नरहेको साहको कथन रहेको छ । बाटो निर्माण गर्नको मेयरले आफ्नै भाईको अध्यक्षतामा ३६ लाखको उपभोक्ता समिति बनाएको स्थानीयहरुले जनाए । प्रहरी चौकी हुदै गाउ सम्म जानें सड़कमा नाम मात्रको माटो पुरेर रकम अनियमिता गरेको स्थानियहरुले आरोप लगाएका छन ।
मेयर र प्रसाशकीय अधिकृतले कमीशन असली गर्न छूटै एक जना करार सेवामा कर्मचारी नियुक्त गरेको विषयमा सुने पनि हामीलाई तथ्यगत जानकारी नरहेको साह ले बताए । करार सेवामा रहेका ती कर्मचारी मार्फत भुक्तानी र प्रतिशतका हिसावले रकम असूलने गरेको स्रोतको दावी रहेको छ ।
शनिवार कार्यपालिका सहित बागमती पिकनिक मनाउंन गएका निमित प्रमुख प्रसाशकीय अधिकृत गुप्ता सित सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेकोले प्रतिक्रिया समावेश गर्न सकिएको छैन । भए पछि समावेश गरिने छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here