काठमाडौं ।। पकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले आफनो देशमा भइरहेको नागरिकता विरोध प्रर्दशनलाई जनताको ध्यान मोडन भारतले पाकिस्तानमाथि आक्रमणा गनै सक्ने आशंका गरेका छन् । यदि उनले पाकिस्तानमाथि कुनै किसिमको हस्तक्षेप गरेमा पाकिस्तानले कडा जवफ दिने चेतावनी समेत दिएका छन् ।
पाकिस्तानी प्रधानमन्त्री खानले ट्विट गर्दै भनेका छन्, ‘भारतले जम्मु काश्मिरमा अहिलेसम्म सबैलाई कैद गरेर राखेको छ । यदि यहाँ प्रतिबन्ध हटाउने हो भने कत्लेआमको आशंका छ । यदि भारतमा यस प्रकारको विरोध प्रदर्शन बढ्छ भने पाकिस्तानमाथि झनै खतरा बढ्छ । भारतीय सेना प्रमुखको बयानले हाम्रा चिन्ता थप बढाएको छ ।’
उनले आफ्नो अर्को ट्विटमा भनेका छन्, ‘पछिल्लो पाँच वर्षमा मोदी सरकारको नेतृत्वमा भारत हिन्दु राष्ट्रतिर अघि बढिरहेको छ । यस प्रक्रियामा हिन्दू श्रेष्ठता र फासिवादी विचारधाराका माध्यमबाट अघि बढिरहेको छ । अब नागरिकता संशोधन कानुनका विरुद्ध भारत विविधतायुत्त देश बनोस भनेर चाहनेहरु सडकमा छ । सीएएविरुद्धको आन्दोलन जनआन्दोलन बनेको छ ।’
विरोध प्रदर्शनबाट ध्यान मोड्न भारतले पाकिस्तानमाथि आक्रमण गर्न सक्छ : इमरान खान
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।