काठमाडौं ।। अब चिसो शुरु भएको छ । यो चिसो मौसममा जोर्नी तथा घुँडा दुखने समस्याले विरामीलाई सताउने गर्छ । कुनै अवस्थामा त जोर्नी तथा घुँडाको दुखाईले हिँडुल गर्न पनि समस्या हुन्छ । कसैलाई बाथ रोग वा युरिक एसिडको समस्या छ भने त्यस्ता व्यक्तिलाई यसले झनै दुःख दिन सक्छ । आर्थराइटिसको कारण दुख्न सक्छ, बुढ्यौलीमा पनि दुख्न सक्छ । यसबाहेक अरु कारण पनि हुनसक्छ । यो चिसो मौसममा जोर्नीको समस्या लिएर अस्पतालमा पनि विरामीको समस्या बढन थाल्छ । यो सबै समस्याबाट छुटकारा पाउनका लागी घरेलु उपचार अपनाँउदा फाइदा जनक हुन्छ ।
अदुवा
अदुवा यस्तो औषधि हो जसले घुँडाको दुखाईमा रामवाणको काम गर्छ । यसलाई चियाँसग सेवन गर्न सकिन्छ । अथवा यसको रस पिउँदा पनि हुन्छ । साथै महसँग पनि यसको सेवन गर्न सकिन्छ ।कागती
कागतीको सेवनले पनि घुँडाको दुखाई पनि शान्त गर्छ । यसलाई घुँडामा दल्दा पनि राहत मिल्छ ।
तोरीको तेल
तोरीको तेलमा लसुन मिसाएर हल्का तताउने । नियमितरुपमा यसो गर्दा घुँडाको दुखाई पक्कै कम हुन्छ ।
सिधे नुन
घुँडाको दुखाईमा सिधे नुन एकदमै असरदार हुन्छ । यसलाई पानीमा हालेर दुखेको ठाउँमा लगाउँदा आराम मिल्छ । यो एउटा घरेलु उपचार हो ।
बेसार
घुँडाको दुखाई भगाउनका लागि बेसार एक प्रभावकारी प्राकृतिक उपचार हो । बेसारमा मौजुद रहने कुरक्यूमिनले एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ र दुखाई कम गर्न सहयोग गर्छ ।
मेवाको विज
मेवाको बिज अत्यन्तै उपयोगी हुन्छ । यसलाई पिसेर तेलमा लगाएर आफ्नो घुँडामा दल्नुपर्छ दुखाईबाट उन्मुक्ति पाइन्छ ।
गाजर
गाजरले हाम्रो शरीरलाई पौष्टिक तत्व प्रदान गर्छ । यदि घुँडाको दुखाईबाट पिडित हुनुहुन्छ भने बढिभन्दा बढि गाजर खानुपर्छ । यसले शरीरलाई शक्ति प्रदान गर्नुका साथै घुँडाको दुखाईबाट छुट्कारा दिलाउँछ ।
मेथीको बिज
घुँडाको दुखाई छ भने मेथीको बिउलाई पिसेर तेलमा मिलाएर हल्का हातले लगाउनुपर्छ । यसबाट घुँडाको दुखाई शान्त हुन्छ ।
प्याज
प्याजले पनि घुँडाको दुखाईबाट छुट्कारा दिलाउन सक्छ । सोझै प्याज खाएर वा पिसेर घुँडामा लगाउनाले यसबाट लाभ हासिल गर्न सकिन्छ ।
नरिवलको तेल
खुट्टा मर्किएको बेला नरिवलको तेल लगाएर मालिस गर्दा आराम मिल्छ । साथै घुँडाको दुखाईमा पनि यसको प्रयोग गर्न सकिन्छ ।
रातो खुर्सानी
रातो खुर्सानीको प्रयोगले घुँडाको दुखाईमा राहत प्राप्त हुन्छ । यसमा मौजूद केपसाइसिनले पेनकिलरको जस्तै काम गर्छ ।
ओमेगा ३ फ्याटी एसिड
यी फ्याटी एसिडले शरीरलाई शक्ति प्रदान गर्नुका साथै विभिन्न रोगहरुसँग लड्न क्षमता प्रदान गर्छ । यसका लागि बदाम, दुध जस्ता चिजहरु सेवन गर्नुपर्छ । दैनिकरुपमा यी वस्तुहरु सेवन गर्दा घुँडाको दुखाई समाप्त हुन्छ ।
क्याल्सियमयुक्त खाना
क्याल्सियमयुक्त खानाले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । शरीरमा क्याल्सियमको कमिले गर्दा नै हड्डीको दुखाई उत्पन्न हुने हो । त्यसैले क्याल्सियम भएका खानेकुराहरु भरपुर सेवन गर्नुपर्छ ।
एक्सरसाइज
घुँडाको दुखाई हुनेहरुले नियमित एक्सरसाइज गर्नु आवश्यक छ ।
योगा
योगा गर्नु धेरै हिसाबले लाभदायक छ । कठिन शारिरीक अभ्यासबिनै आफूलाई स्वस्थ राख्न चाहने हो भने नियमित योगा गर्नुपर्छ । यसले घुँडाको समस्याबाट पनि छुटकारा दिलाउँछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here