काठमाडाैंं ।। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग इतिहासकै सबैभन्दा हतारमा गरिएको, र अनुचित भएको सिनेटका रिपब्लिकन तर्फका नेता मिच मक्कनेलले बताउनुभएको छ । डेमोक्र्याटले नेतृत्व गरेको तल्लो सदन प्रतिनिधि सभाले, उहाँकै शब्दमा, पक्षपातपूर्ण आक्रोश पोख्दा त्यसले भविष्यका लागि एउटा विषाक्त नजिर बसाउने बताउनुभएको हो । तर डेमोक्र्याटस्का नेता चक शुमरले भने मक्कनेलले राष्ट्रपतिका कदमको बचाउमा केही नबोलेको बताउनुभएको छ । आफ्नो भाषणमा मिच मक्कनेलले १२ साता लामो अनुसन्धानले अमेरिकी प्रजातन्त्रका संस्थाहरूमाथि क्षति र्पुयाउनसक्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ । बुधवार अमेरिकी संसद्को तल्लो सदनले ट्रम्पमाथि लागेका दुवैवटा आरोपमा उनलाई महाभियोग लगाउने पक्षमा बहुमत दिएको थियो । राष्ट्रपतिले आफ्नो शक्तिको दुरुपयोग गरेको र सन् २०२० मा हुने मतदानमा पुनः निर्वाचित हुने सम्भावना बलियो बनाउनका लागि युक्रेनसँग अनुचित तरिकाले सहायता मागेको आरोप उहाँ माथि लागेको थियो । ट्रम्पले अब त्यसबारेको सुनुवाइको सामना माथिल्लो सदनमा गर्नुपर्नेछ।
राष्ट्रपति ट्रम्प माथीको महाअभियोग पक्षपातपूर्ण
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।