धनकुटा ।। कक्षा एकदेखि तीनसम्मका विद्यार्थीको पढाई सीपमा सुधार गर्न धनकुटा सहित देशका १६ जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम लागु भएको छ । बालबालिकाको मनोविज्ञान बुझेर पढाउन सिकाउने यो तरिका धनकुटा लगायत कार्यक्रम लागु भएका सरकारी विद्यालयमा प्रभावकारी बन्दै गएको छ । धनकुटाको पाख्रिवास नगरपालिका वडा नं. ६ मा रहेको सरस्वती प्राथमिक विद्यालय फलाटेको विद्यार्थीहरुको पढाई सामग्रीमा समावेश नेपाली भाषामा छापिएका छोटा वाक्य सहितका बालगीत, कथा र कविता प्रष्ट उच्चरण गरि पढ्न सक्ने भएका छन् । रमाइलो पढाई दिगो सिकाईको उदेश्य राखेर दुई पर्ष अघिबाट यस विद्यालयमा राष्ट्रिय प्रारम्भिक कक्षा कार्यक्रम लागु गरिएको हो । बालमैत्री पूर्वाधार र वातावरण पाएपछि कक्षा एक, दुई र तीनका विद्यार्थीमा देखिएको पढाई प्रतिको उत्साह थपिएको छ । शुद्धसँग पढ्ने, पढेका कुरा बुझ्ने र बुझेका कुरालाई बोलेर वा लेखेर व्यक्त गर्ने बानीमा विद्यार्थीहरुको सुधार हँुदै गएको अमर माध्यामिक विद्यालयका शिक्षिका ताराकुमारी भुजेलले बताउनुभयो । रमाइलो गरि हुने पढाइले दिगो सिकाईलाइ सघाउने भएकाले राष्ट्रिय प्रारम्भीक कक्षा कार्यक्रम लागु गरिएको हो । यो कार्यक्रम लागू भएसगै विद्यार्थीको पठन सिपमा विकास भएको पाख्रिवास नगरपालिकाका प्रमुख विर्षबहादुर राईको भनाइ छ । धनकुटाका २ सय ८४ विद्यालयमा यो कार्यक्रम लागु गरिएको छ भने ९४ वटा विद्यालयलाई नमुनाका रुपमा छानेर कक्षा कोठा व्यवस्थापनका लागि दुईलाख रुपैयाँका दरले अनुदान पनि उपलब्ध गराइएको छ । सरकारले गत आर्थिक वर्षमा ४ जिल्ला र यो आर्थिक वर्षदेखि १० जिल्लामा यो कार्यक्रम लागु गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here