काठमाडौं ।। स्वास्थ्यको लागी पानी पिउनु अति नै महत्वपूर्ण हुन्छ । हामीलाई जुन सुकै स्वास्थ्य समस्या आएपनि चिकित्सकले पानी पिउने सल्लाह दिन्छ । जुन सुकै अवस्थामा पानी पिउनु स्वास्थ्यको लागी लाभदायक नै हुन्छ । हामी दिन भरि पानी खान्छौ तर विहान खाली पेट पानी खाँदा कतिको फाइदा जनक हुन्छ । तर कतिले सोच छ कि हामी दिन भरिमा २० लिटर २५ लिटर अथवा बढि पानी खाँदैछु हाम्रो स्वस्थ्यको लागी फाइदाजनक हुन्छ । तर त्यसो हुदैन । आउनु होस् हामी यहाँ पानी पिउनुका फाइदा र घाटाको बारेमा चर्चा गर्दैछौ ।
पानी पिउनुका फाइदा
– बिहानै उठेर पानी पिउँदा शरिरभित्र रहेका हानीकारक तत्व सफा हुन गई रगत सफा हुने र छालासमेत स्वस्थ भई चमक आउँछ ।
– बिहानै पानी पिउने गरे शरिरलाई आवश्यक पर्ने तन्तु र कोशिका निर्माण हुँदै जान्छ भने शरिरका माँसपेशीसमेत बलियो हुन्छ ।
– खाली पेटमा पानी पिउँदा मेटाबोलिज्म सक्रिय हुन्छ । यदि तपाई आफ्नो तौल घटाउन चाहनु हुन्छ भने बिहान पानी पिउन शुरु गरिहाल्नुस् ।
– बिहानै उठेर पानी पिउनेहरुमा कब्जियतका समस्या हुँदैन । बिहान पेट सफा भएपछि खाएको खाने कुराले शरिरलाई पूर्ण पोषण र शक्ति प्रदान गर्छ । कब्जियत नभएपछि पेटमा अन्य रोग लाग्ने सम्भावना न्यून हुन्छ ।
– बिहानै उठेर पानी पिउँदा घाँटी, पिसाब र मृगौला सफा भई अन्य रोगलाई समेत पन्छाउन सकिन्छ । त्यस्तै, महिलाहरुको महिनावारी समेत समयमै हुन्छ ।
– नियमित खाना खानु महत्वपूर्ण हुन्छ। तर भोक लागेन भने के गर्नेरु खाली पेट पानी पिउदा तपाईको भोग जाग्छ। बिहान उठ्ने वित्तिकै खाली पेटमा दुई गिलास पानी पिउनुहोस तपाईलाई भोक लागिरहन्छ।
पानी पिउनुका घाटा
– आवश्यक भन्दा बढी पानी पिउँदा मृगौलामा दवाव पर्छ र मृगौलामा समस्या देखिन थाल्छ ।
– पानीको ओभरडोज भयो भने शरीरका तन्तुहरु पनि विनष्ट हुन्छन् ।
– जुन ब्यक्तिको बाइपास सर्जरी गरेको छ त्यस्ता ब्यक्तिलाई पानी अड्कलेर मात्र पिउनु पर्छ । चिकित्सकले पनि पानी अडकलेर मात्र पिउन भन्छन् ।
शरीरमा आवश्यकता भन्दा बढी पानी भयो भने पाचन रस उत्पादन हुन बन्द हुन्छ र खाना पच्न अहसजता पैदा हुन्छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here