काठमाडाैं ।। राष्ट्रिय मानवअधिकार आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थाल अध्यगमन विभागमा अनुगमन गरेको छ । अनुगमनको क्रममा विभागले वैदेशिक रोजगारीमा जानेले राख्नुपर्ने कागजात र काम तथा सम्बन्धीत देशको कानूनका विषयमा जानकारी राखे नराखेको विषयमा सोधपुछ गर्दै आएको जानकारी अनुगमन टोलीलाई गराएको विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताउनुभयो । वैदेशिक रोजगार विभाग भने वैदेशिक रोजगारीमा जानेलाई नयाँ तरिकाले ठग्ने प्रवृत्ति बढेको दावी गर्छ । पर्यटन भिसामा जान लागेको कागजात अध्यगमन विभागमा देखाउने तर श्रम भिसामा जाने गरेको वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालको भनाइ छ । दैनिक एक हजार पाँच सयभन्दा धेरै नेपाली वैदेशिक रोजगारीमा जान दैनिक त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल प्रयोग गर्छन् । उनीहरूको यात्रा सुखद बनाउने बारेमा जाँच गरेर मात्र हुँदैन, उनीहरूलाई सीपयुक्त बनाउनु र ठगीनबाट जोगाउने उपाय सिकाउनु महत्वपूर्ण छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here