काठमाडौं ।। भ्रमण वर्ष २०२० को विषयमा नीतिनिर्माता मात्र होइन आम नागरिकको चासो छ । हरेक गाउँ र क्षेत्रसँग जोडिने भ्रमण बर्षलाई गाउँसम्मै पु¥याउन सामुदायिक रेडियोहरु पनि जोडिने भएका छन् । काठमाडौंको केशर महलमा नेपाल भ्रमण वर्ष २०२०को तयारीले छपक्कै छोपेको छ । गाउँबाट काठमाडौं आइपुगेका नागरिक पनि चासोका साथ भ्रमण वर्ष अभियान जोडिन नेपाल भ्रमण वर्ष २०२० को सचिवालय रहेको ठाउँमा पुगेर तयारीको विषयमा चासो देखाउने गरेका छन् । सचिवालयले एउटा घरभित्र गरिरहेको तयारी अब सामुदायिक रेडियो मार्फत गाउँसम्म पुग्ने भएको छ । भ्रमण वर्ष २०२० लाई सफल बनाउन सामुदायिक प्रसारणसंघ अकोराब र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच समझदारी भएको छ । नागरिक तहमा भ्रमण वर्षको अभियान पुगेपछि त्यसले नेपाल आउने पर्यटकलाई जोडने भ्रमण वर्ष २०२० कार्यक्रमका संयोजक सुरज वैद्यको विश्वास छ । गाउँ–गाउँका संस्कृति, विविधतालाई प्रवद्र्धन गर्न भूमिका खेलिरहेका सामुदायिक रेडियोले पनि भ्रमण वर्ष सफल बनाउन थप योगदान गर्ने अकोराबका अध्यक्ष सुवास खतिवडाले प्रतिवद्धता व्यक्त गर्नुभयो । २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको सरकारले भ्रमण वर्ष २०२० मा पर्यटन फैलाउने, नागरिकदेखि देशको आम्दानी बढाउने र नेपाल चिनाउनेमा केन्दित हुनेछ । २०७२ वैशाखको विनाशकारी भूकम्प र त्यही वर्ष नाकाबन्दीको मार खेपेको नेपाली पर्यटन उद्योगमा छिट्टै पुनर्जागरण आउने विश्वास गरिएको छ ।
भ्रमण वर्ष २०२० को विषयमा नीतिनिर्माता मात्र होइन आम नागरिकको पनि चासो
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।