काठमाडाैं ।। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा र राष्ट्रिय जनता पार्टी नेपाल राजपाले राष्ट्रियसभा निर्वाचनमा तालमेल गर्ने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो दुई दलका शीर्ष नेताहरुबीच भएको वार्तामा राष्ट्रियसभाको प्रदेश २ अन्तर्गतका सिटको बाँडफाँड हुने गरि सहमति भएको राजपाका नेता शरदसिंह भण्डारीले सीआईएनलाई जानकारी दिनुभयो । राष्ट्रियसभामा प्रदेश २ का ८ मध्ये चार सिट २० फागुनबाट खाली हुँदैछ । सो पदमा ९ माघमा निर्वाचन हुनेछ । खाली हुने चारमध्ये दुुई÷दुई सिट लिने सहमति भएको नेता भण्डारीले जानकारी दिनुभयो । सहमतिअनुसार राजपाले अन्य पुरुष र अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समूहको सिट लिने छ भने नेकपाले महिला र दलित पुरुष लिने भएको छ । यो सहमतिसँगै दुबैको जित पक्काजस्तै बनेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।