जनकपुर ।। मध्य तराईमा शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ । बाक्लो कुहिरो र शीतलहरका कारण मध्य तराईका नागरिकक प्रभावित बनेका छन् । शीतलहरका कारण बजारमा चलहपहल कम भएको छ । बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा लगायतका जिल्लामा शीतलहर बढेपछि दैनीक कामकाजपनि प्रभावित बनेको छ । विशेषगरी बालबालिका, वृद्धवृद्धा र विपन्न नागरिक शीतलहरका कारण हरेक वर्ष बढी प्रभावित हुने गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार मध्य तराईमा ८ डिग्रीदेखि १४ डिग्रीमा झरेको छ । शीतलहरका कारण सिमरा र जनकपुरको हवाई उडानपनि प्रभावित बनेको विमानस्थलले जनाएको छ । विमान उडान तथा अवतरणका लागि आवश्यक भिजिविलिटी नहुृँदा दुवै विमानस्थलको उडानसेवा रद्द गरिएको हो । कुहिरोका कारण सवारीसाधन सञ्चालनमा पनि समस्या देखिएको छ । कुहिरोका कारण सडकमा दुर्घटना बढ्न सक्ने भन्दै सबै जिल्लाका ट्राफिक प्रहरीले सतर्कता अपनाएर सवारी चलाउन आग्रह गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here