विरगञ्ज ।। पर्साको धोबिनी गाउँपालिका वडा २ भिखमपुरको प्राथमिक स्वास्थ केन्द्रमा ३ वर्षदेखि एक्सरे मेसिन संचालन मेसिन ३ वर्षदेखि सञ्चालनमा नआउँदा स्थानीय समस्यामा परेका छन् । लाखौं रुपैयाँको लागतमा सरकारले पठाएको एक्सरे मेसिनमा खिया लाग्न सुरु भएको छ । एक्सरे मसिन नहुँदा ग्रामिण क्षेत्रका सेवाग्राहीलाई विरगञ्ज धाउनु पर्ने बाध्यता भएको स्थानीय सन्तोष पटेलको भनाई छ । एक्सरे मेसिन संचालन गर्न रेडियोग्राफरको आवश्यकता पर्नेभएपनि अझैसम्म आवश्यक कर्मचारीको पदपुर्ति हुन नसकेको भिखमपुर प्राथमिक स्वास्थ केन्द्रका प्रमुख डाक्टर नवनित रौनियाले बताउनुभयो । चार वर्षदेखि ट्रान्सफरमर मर्मत नभएका कारण बिजुलीको समस्या छ । बिग्रिएको ट्रान्सफरमरलाई बनाउन हेटौडा लैजाने र समायोजन भएका कर्मचारीलाई करारमा पदपुर्ति गर्न बोर्डबाट निर्णय गराउने भिखमपुरका स्वास्थ शाखा प्रमूख सन्जय यादवले बताउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्रमा दैनिक सरदर तीन जना एक्सरे गर्नुपर्ने विरामी पुग्ने गरेका छन् । तर एक्सरे मेसिन बिग्रिएकै कारण उनिहरु सेवा नपाई फर्कनु पर्ने अवस्था छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here