काठमाडाैं ।। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले गएरातिबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रूपैयाँ बढाएको हो । पछिल्लो पटक इन्डियन आयल कर्पोरेशनबाट १६ डिसेम्बरमा मूल्य केही बढेर आएले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कायविधि अनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अब डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्य प्रति लिटर ९८ पुगेको छ । पेट्रोल, हवाई ईन्धन र एलपी ग्यासको खुद्रा विक्री मूल्य यथावत रहेको निगमले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here