काठडमाडाैं ।। नापी विभागले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा तयार पार्न सुरु गरेको छ । सरकारको निर्देशन बमोजिम भारतबाट अतिक्रमित नेपाली भू–भागलाई समेटेर नयाँ नक्सा तयार गर्ने प्रक्रिया अगाडि बढेको विभागले जनाएको छ । संघीय संसदका राज्य व्यवस्था समिति र अन्तराष्ट्रिय सम्बन्ध समितिले कालापानी, लिपुलेक,लिम्पियाधुरा र सुस्ता लगायतका अतिक्रमित नेपाली भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका छन् । सन् १८१६ मा भएको सुगौली सन्धिअनुसार नेपालको पश्चिमी सिमाना काली (महाकाली) नदी हो । सन्धिअनुसार लिम्पियाधुराबाट बग्ने काली नदी पूर्वका सम्पूर्ण भूभाग नेपालको हो । ती सम्पूर्ण भूभाग समेटेर नक्सा सार्वजनिक गर्न दिएको निर्देशन पालना नभएको भनेर आलोचना भइरहेका बेला विभागले सरकारको निर्देशनमा नयाँ नक्सा बनाउन लागेको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here