रौतहट ।। रौतहट प्रहरीले एक महिनामै ५१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध गरी लामो समयदेखि फरार रहेका अभियुक्तहरुलाई मंसिर महिना भरिमा जिल्ला प्रहरी कार्यालय गौरको टोलीले पक्राउ गरेको हो । फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत फैसला कार्यान्वयनको सिलशिलामा अदालतबाट कैद तथा जरिवाना तोकिएका ५१ जना फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ । कुटपिट, जुवा, ज्यान मार्ने उद्योग, सवारी ज्यान, किर्तेमुद्दा, कैद तथा जरिवाना भई फरार ५१ जना अभियुक्तलाई पक्राउ गरी कार्यान्वयनको लागि अदालत मार्फत कारागार चलान गरिएको रौतहटका प्रहरी उपरीक्षक भुपेन्द्र बहादुर खत्रीले बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here