काठमाडाैं ।। सरकारले ६ वटा खाडी मुलुक र मलेशिया र लेबनान गरि आठ वटा मुलुकमा घरेलु कामदार जान लगाइएको प्रतिवन्ध खुला गर्ने प्रक्रिया सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवम् रोजगार व्यवस्थापन महाशाखाका प्रमुख उमेश ढुंगानाका अनुसार पहिलो चरणमा विदामा घर आएकालाई पठाउन सुरु गरिएको छ । खाडीका देशमा घरेलु कामदार फुकुवा गर्ने विषयमा सरकारकै अनुरोधमा संसदीय समितिले अध्ययन सुरु गरेको छ । संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिकै निर्देशनमा श्रम स्वीकृत दिन थालेकोले प्रतिबन्धित फुकुवामा पनि समिति आन्तरिक गृहकार्यमा लागेको समितिका सभापति विमल श्रीवास्तवले जानकारी दिनुभयो । राष्ट्रिय मानव अधिकार आयोगले पनि घरेलु कामदारमाथीको प्रतिबन्ध फुकुवा गर्नुपर्ने भन्दै सकारलाई यसअघि नै निर्देशन दिइसकेको आयोगका सदस्य सुदिप पाठकले सीआइएनलाई बताउनुभयो । २०७३ चैत २० गते संसदीय समितिले नेपाली कामदारलाई घरेलु कामदारको रुपमा खाडी मुलुकमा काम गर्न पठाउन रोक्न निर्देशन दिएको थियो । सरकारको तथ्यांक अनुसार अहिलेप नि करिब ३० हजार घरेलु कामदार खाडी मुलुकमा कार्यरत छन् ।
आठ वटा मुलुकमा घरेलु कामदार जान लगाइएको प्रतिवन्ध खुला गर्ने प्रक्रिया सुरु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।