काठमाडाैं ।। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्धको महाभियोगको प्रस्तावमा आज मतदान हुँदैछ । ट्रम्पमाथि महाभियोगको छानबिन सुरु गर्न भन्दै सभामुख न्यान्सी पेलोसीले प्रस्ताव गर्नुभएको थियो । उहाँले कोहीपनि कानुन भन्दा माथि नरहेको र ट्रम्पलाई उहाँको कदमकालागि जवाफदेही ठह¥याउनुपर्ने भन्दै महाभियोग लगाउनुभएको थियो । शक्तिको दुरुपयोग गरेको र संसदमा बाधा पु¥याएको भन्ने आरोप ट्रम्पमाथि लगाइएको छ । महाभियोग प्रस्तावमाथि मतदान हुनु पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पले ६ पृष्ठ लामो पत्र सभामुख पेलोसीलाई लेख्नुभएको छ । सभामुखको विशेष आरोपमा राष्ट्रपतिले पहिलो आरोप निराधार हस्तक्षेप भएको र दोस्रो खतरनाक र निरर्थक भएको बताउनुभएको छ । व्यक्तिगत राजनीतिक उपलब्धिका लागि युक्रेनलाई दबाब दिएको भन्ने आरोपमाथि आज राष्ट्रपति ट्रम्पले महाभियोगसम्बन्धी मतदानको सामना गर्ने हुनुभएको छ । सभामुखको यो प्रक्रियालाई डेमोक्र्याटहरुले गरेको ‘कु’ को प्रयास भन्दै उहाँले डेमोक्र्याटहरुले अमेरिकी प्रजातन्त्रमाथि युद्धको घोषणा गरेको आरोप समते लगाउनुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here